काठमाडौँ । युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ ।
युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो सुन तथा दुई मेगा पुरस्कारमा डोङफेङको साइन कार र मेगा उपहार पाउने छन् । यस्तै, लोकप्रिय फुटबल खेलाडी लियोनल मेसीले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन् ।
अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहने कम्पनीले जानकारी दिएको छ ।
विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरुमा लोकप्रिय बनेको छ । ग्राहकहरूलाई यो सुनौलो अवसर गुमाउन नदिन आग्रह गरिएको छ ।

युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने, मुद्रा विनिमय र भुक्तानी समाधान जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।





