अदानचुली - हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीय बालिकाको उद्धार गरिएको छ । आज अपराह्न खोलामा नुहाउने क्रममा एक्कासि बगेकी अदानचुली–२ का लाले भण्डारीकी छोरी अस्मिताको कर्णाली नदीबाट उद्धार गरिएको हो ।
एक्कासि खोलामा बगेकी भण्डारीको कर्णाली नदी र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हबल्दार योगेन्द्र ऐडी र स्थानीयको सहयोगमा उद्धार गरिएको हवल्दार ऐडीले बताए । बगाएको स्थानदेखि अन्दाजी चार सय मिटरको दूरीबाट बालिकालाई सकुशल उद्धार गरिएको उनको भनाइ छ ।
आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाई स्थानीयले धन्यवाद दिएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १९:५५
प्रतिक्रिया दिनुहोस्






