Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यद्वारा रिट दर्ता 
फाइल तस्वीर

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका हुन् । 

उनी सोमबार नै सर्वोच्च पुगेको र आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै सोमबार दायर गरेको रिट दर्ता गराएका हुन् । रिटमा सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update