चितवन - मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ । सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ बिहीबार (कात्तिक २०) साँझ ५:१० बजे सुक्खा पहिरो खसेको थियो ।
पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको थियो । पहिरो पन्छाएर सवारी आवागमन दुवैतर्फ सुचारु भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
"मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ खसेको सुक्खा पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू भैसकेको जानकारी गराउँदछौँ," सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ २१:०२
प्रतिक्रिया दिनुहोस्






