काठमाडौं - धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर कम्पनीले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि बोनस सेयरमा लाग्ने कर लगानीकर्ताले नै तिर्नुपर्ने व्यवस्था थियो । तर, कुनै कुनै कम्पनीले लाभांश वितरण गर्दा कर आफैँ तिर्दै पनि आएका थिए। नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (दशौँ संशोधन) निर्देशिका, २०२ मार्फत यस्तो व्यवस्था गरेको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा (७) थप गरी यस्तो व्यवस्था गरिएको छ । “बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरूले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर तिवरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ,” उक्त दफामा उल्लेख छ ।






