Odapalika - The Fourth Estate - चौथो अंग
राशिफल ७ पुस : वृषलाई गहन जिम्मेवारी, मीनको काम बिगार्नेहरू सक्रिय, तपाईँको के?

आज सोमबार, ७ पुस २०८२ (२२ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी वस्तुको प्रयोगमा मन जाला। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। मन्त्र- बाटो आफैँ बन्छ, हिँड्ने आँट चाहिन्छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृष: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। खरानी रङको प्रयोग नगर्ने।

मिथुन: काम गर्ने हौसला मिल्नेछ। सफल यात्राको योग छ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुने देखिन्छ। चोटपटकको भय छ, सचेत रहनुहोला। मन्त्र- धैर्य नै सबैभन्दा दृढ सफलता हो।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणय सम्बन्ध प्रगाढ हुने समय छ।

भाग्यशाली रङ घ्यु रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

तुला: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। मन्त्र- भिन्नता नै भविष्यको हस्ताक्षर हो।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: सद्विचारले अभिप्रेरित हुनेहरूलाई लाभ मिल्दै जानेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो हुनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

धनु: रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यसँग भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मकर: सजिलै अरूको मन जित्न सकिएला। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: सेवा गर्ने अवसर जुट्न सक्छ। सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

मीन: काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुँदा, एकोहोरो प्रेमले सताउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनु होला।

भाग्यशाली रङ घ्यु रङ र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update