Odapalika - The Fourth Estate - चौथो अंग
राशिफल ८ पुस : मेषलाई स्वादिष्ट भोजन, तुलाको काम बिग्रने, तपाईँको के?

आज मङ्‌गलबार, ८ पुस २०८२ (२३ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: स्वादिष्ट भोजन मिल्नेछ। अचल सम्पत्ति हात पर्ने योग छ। नयाँ रोजगारीको अवसर आउला। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।


भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५५, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।


वृष: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउला। मन्त्र- अरूको कुरा सुनिसकेपछि मात्र आफ्नो राय राख्नु होला।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रातो वस्त्र धारण गर्ने। झुट नबोल्ने।

कर्कट: नयाँ ज्ञान सिक्ने मौका छ। स्वादिष्ट भोजन मिल्नेछ। पढाइलेखाइमा गति लिन सकिनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला। मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निलो वस्त्र धारण गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह: ठिक समयमा सही निर्णय लिन सकिनेछ। परिवारमा सुख सन्तोष छाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या: घरपरिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

तुला: मालसामान हराउन सक्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घरव्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ५४, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक: राजनीतिक कार्यमा सफलता मिल्नेछ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्राविधिक कार्यमा सफलता पाइनेछ। मन्त्र- भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।

भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। टाढिएका आफन्तसँग पुनः सम्बन्ध गाँसिन सक्छ। कला साहित्यमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।

मकर: महत्त्वपूर्ण कामको थालनी हुनेछ। राज्यबाट सहयोग मिल्नेछ। प्रगतिमा मन रमाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। प्राविधिक काममा सफलता मिल्नेछ। पुराना साथीभाइसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: आफ्नो विचार विपरीत निर्णय हुनेछ। बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला हुन सक्छ। घर परिवारमा सुख सन्तोषको कमी हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। प्रेममा मनमुटाव हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६४ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मीन: रोकिएको काम दोहोर्‍याएर गर्दा सफल भइनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिन्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ। मन्त्र- मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update