कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, के विषयमा होला छलफल ?

काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २४ गते अपरान्ह ४ बजे कार्यसम्पादन समितिको बैठक राखिएको जानकारी दिएका हुन् ।

‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २०८२ पौष २४ गते बिहीबार दिनको ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ मुख्यसचिव पौडेलले जारी गरेको सुचनामा उल्लेख छ । 

612064178_1446379036849679_3034730134284700523_n-1767858181.jpg
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आव्हान गरेपछि कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । यही विषयमा छलफल गर्न पार्टीले कार्यसम्पादन समितिको बैठक बनाएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update