Odapalika - The Fourth Estate - चौथो अंग
विशेष महाधिवेशन अपडेटः विहान ११ बजेसम्म कति जना प्रतिनिधिले गरे नाम दर्ता ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज उद्घाटन हुँदैछ । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको पहलमा दोस्रो विशेष महाधिवेशन हुन लागेको हो ।

विशेष महाधिवेशनको लागि अहिले प्रतिनिधि दर्ता कार्य भइरहेको आयोजकले जानकारी दिएका छन् ।

वडापालिकालाई प्राप्त जानकारी अनुसार विशेष महाधिवेशनको लागि अहिले विहान ११ बजेसम्ममा लुम्बिी प्रदेशबाट सबैभन्दा धेरै १२२ जनाले नाम दर्ता गराएका छन् ।

यस्तै कोशी प्रदेशबाट ८३ जना मधेश प्रदेशबाट ८२ जना, बागमती प्रदेशबाट ६२ जना र गण्डकी प्रदेशबाट ८२ जनाले नाम दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशबाट ३० जना र भातृ, सुभेच्छुक र जनसम्पर्क समितिबा २९ जनाले नाम दर्ता गराइएको स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update