Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस विशेष महाधिवेशनको उद्घाटन गगन–विश्वले गर्ने

काठमाडौँ । कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधरले गरेको प्रयास सफल नभएपछि महामन्त्रीद्वयले उद्घाटन गर्न लागेका हुन् ।

केहीबेरमा उद्‌घाटन कार्यक्रम सुरु हुँदै छ । उद्घाटनअघि ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाउँदै र्‍याली निकालेका थिए ।

यस्तै, महामन्त्री थापाले केही समयअघि सामाजिक संजालमा तस्वीर राखेर ‘यहाँहरुको माया अनि आमाबुबाको आशिर्वाद लिएर आउँदै छु’ भन्ने क्याप्सनसहितको फोटो पोस्ट गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update