आज सोमबार, २८ पुस २०८२ (१२ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: विभिन्न अवसरले पछ्याउनेछन्। चलाखीपूर्ण बोलीले काम बन्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। नजिकका मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष: चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। मन्त्र- जोखिम होइन, रणनीति रोज।
भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७५, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ४० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: भ्रमण, खानपान, फेसन र लत्ताकपडामा बढी धन खर्च हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ तर जनताको गतिलो समर्थन मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। छलकपट नगर्ने।
कन्या: रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। मन्त्र- धैर्य नै सफलता हो।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
तुला: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सेयर बजारको लगानीले राम्रै फाइदा देला। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ४९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: वृश्चिक राशि भएकाहरूका लागि दिन सामान्य रहने छ। प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ।
भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
धनु: आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धार्मिक तथा लाभदायक यात्राहरू हुनेछन्। मुद्दामामिलामा विजयी भइनेछ। वित्तीय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: शुभ समाचार सुन्न पाइएला। लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक कामकाज कमजोर रहला।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कुम्भ: पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ। मन्त्र- फरक सोचले नै फरक सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मीन: प्रयत्न निष्फल जस्तै होला। घर व्यवहारको समस्याले सताउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। अनावश्यक झमेलामा परिएला। धेरै प्रयत्न गरे मात्र गरेको कामबाट फाइदा लिन सकिनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।






