सिन्धुपाल्चोक - मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले खेलकुदले जीवनलाई गतिशील, निरोगी र अनुशासित बनाउने बताएका छन् ।
बिहीबार योङ स्टार युवा क्लव, मेलम्ची-७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा उनले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताएका हुन् ।
कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाअध्यक्ष पासाङ तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा आयोजक योङ स्टारलाई पछि पार्दै जुगल गाउँ पालिकाले उपाधि चुमेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२ २०:५५
प्रतिक्रिया दिनुहोस्







