Odapalika - The Fourth Estate - चौथो अंग
राशिफल १४ माघ : कर्कटलाई अध्ययनमा रुचि, सिंह आर्थिक सङ्कटमा पर्ने, तपाईँको दिन कस्तो?

आज बुधबार, १४ माघ २०८२ (२८ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष : लाभहानि बराबर रहनेछ। दुष्ट व्यक्तिको सङ्गतले नराम्रो काम गर्न पुगिएला। बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : मित्र वा आफन्तको सहयोग मिल्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट लाभ नै मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : अध्ययनमा रुचि जाग्नुका साथै स्मरणशक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।

भाग्यशाली रङ कालो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। गलत सूचना प्रवाह नगर्ने।

सिंह : आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। सरकारी निकायको भय रहला। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। अभिभावकको आशीर्वादले काम गर्न सक्छ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : रोकिएका काम पूरा हुनेछन्। ठिक समयमा सही निर्णय लिन सकिनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : तीर्थाटनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। नजिकका व्यक्ति टाढिन सक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : आफन्तको प्रगतिमा मन रमाउनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। समग्रमा सकारात्मक दिन रहेको छ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update