Odapalika - The Fourth Estate - चौथो अंग
डडेल्धुरामा बालेनः ४ मिनेट बसे, उम्मेदवारका कुरा २ मिनेट सुने 

डडेलधरा । सुदूरपश्चिम दौडाहमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाइएका बालेन्द्र शाह (बालेन) बुधबार डडेल्धुरा पुगेर स्थानीय र राष्ट्रिय एजेण्डा के हुन ? भनी आफ्ना उम्मेदवार सोधेका छन् । 

रास्वपाको सचिवालय जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ तुफानडाडा पुगेका बालेनलाई रास्वपाबाट डडेल्धुराका उम्मेदवार डा. तारा जोशीले उत्पादनलाई व्यवसायी करण गर्नुका साथै नारामा सिमित पश्चिम सेती र पञ्चेश्वर बहुउद्देशीय परियोजना, अधुरा सडक, मेडिकल कलेज, रंगशाला, एयरपोर्ट एजेण्डा भएको सुनाए । 

उम्मेदवार जोशीका कुरा दुई मिनेट नसुन्दै बालेनले तपाई जितेर आउनुहोस् । शुभकामना छ । बाँकी पार्टीले हेर्छ भन्दै सचिवालय बाहिर छतमा निस्किएर चुनाव चिन्ह घण्टी बजाएर निस्किए । वालेन सचिवालयमा छिर्दा १० बजेर ६ मिनेट गएको थियो । उनी त्यहाँबाट बाहिरिदा १० बजेर १० मिनेट गएको थियो । 

भिजन डडेल्धुरा अन्तरगत यहाँको उत्पादनलाई मैले प्राथमिकता दिदै आएको डडेलधुराका उम्मेदवार जोशीले भने, ‘स्थानीय उत्पादनलाई व्यवसायीकण गर्ने योजना अन्तरगत रोजगारी सिर्जना गरि दिगो विकासका एजेण्डा छोटकरीमा बालेन सामु प्रस्तुत गरियो । बसाईसराईले उर्वर भुमि बाँझो हुदै जानु र रोजगारीका लागि युवा विदेशिनु यहाँ र राष्ट्रकै मुख्य समस्या भएको सनायौं ।’  जवाफमा बालेनले उत्पादनलाई व्यवसायीकरण गर्न सके भौतिक पुर्वाधारको दिगो विकास गर्न सकिने बताएका थिए । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update