आज सोमबार, १९ माघ २०८२ (२ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: ज्ञानमा वृद्धि हुनेछ। शुभकार्यमा सरिक भइनेछ। परीक्षामा पास भइनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिको योग देखिन्छ। पुँजी बजारबाट त्यति लाभ छैन।
भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५८, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शिवजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।
वृष: कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ। सेयर बजारले साथ दिनेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन: आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कर्कट: कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। पुँजी बजारमा लगानीको अवसर छ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह: नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। सरकारी जागिरेलाई बढुवाको योग छ। लक्ष्मी प्राप्ति हुन सक्छ। प्रतिस्पर्धामा विजयी भइनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको योग छ। प्रतिस्पर्धामा आफ्नो पक्षमा नतिजा आउनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। नआत्तिने।
तुला: अस्थिरता र अधैर्यका कारण निर्णायक क्षमतामा कमी आउनेछ। आत्मघाती काम गर्न पुगिएला, सावधान हुनुपर्छ। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। साँझमा सहयोगीहरूको राम्रो साथ रहनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृश्चिक: ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। प्रविधिको क्षेत्रमा उन्नति होला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: मान-प्रतिष्ठा प्राप्त होला। यात्रा सुखद रहनेछ। सेयर बजारमा लगानीको अवसर छ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर: रमणीय र सुखद यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कुम्भ: झन्झटिलो काममा संलग्न हुनुपर्ला। जसबाट आर्थिक नोक्सानी पनि हुने देखिन्छ, सजग रहनुहोला। श्रम गरेअनुरुप मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला, आत्मबल बढाएर काम गर्नुपर्ने देखिन्छ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५० र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ। साझेदारीको काम सफल नै रहनेछ। नवीन कार्यमा प्रेमीको साथ रहनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।







