Odapalika - The Fourth Estate - चौथो अंग
२६ माघ: वृषका रोकिएका काम पुनः सुरु हुने, मिथुनलाई नयाँ अवसर, तपाईँको दिन कस्तो?

आज सोमबार, २६ माघ २०८२ (९ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-   

मेष: आज पारिवारिक सद्भाव बढ्ने देखिन्छ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शुभचिन्तकहरूको साथ र समर्थन मिल्नेछ भने कार्यक्षेत्रमा प्रशंसा, बढुवा वा उन्नतिको सम्भावना रहेको छ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गणेशजीको स्मरण गर्नु शुभ मानिन्छ भने सेतो रङ प्रयोग नगर्न सुझाव छ।

वृष: रोकिएका काम पुनः सुरु हुने सम्भावना छ। रमणीय यात्राको योग बन्नेछ भने परोपकारी कार्यमा सहभागी हुने अवसर मिल्नेछ। करियर क्षेत्रमा साथीको सुझावले महत्त्वपूर्ण भूमिका खेल्नेछ र आत्मिक सन्तुष्टि प्राप्त हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। लक्ष्मीजीको स्मरण गर्नु शुभ रहनेछ भने कालो रङ प्रयोग नगर्न सुझाव छ।

मिथुन: नयाँ अवसर प्राप्त हुने भएकाले मन प्रसन्न रहनेछ। धार्मिक स्थल भ्रमणले ऊर्जा बढाउनेछ। रमणीय यात्राको योग रहेको छ भने प्रेम तथा दाम्पत्य जीवनमा मधुरता बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। शिवजीको स्मरण गर्नु शुभ मानिन्छ भने खरानी रङ प्रयोग नगर्न सुझाव छ।

कर्कट: गोप्य सूचना बाहिरिन सक्ने भएकाले सावधानी आवश्यक देखिन्छ। शरीरमा स्फूर्ति कम हुने र सोचेजस्तो सफलता नपाइने सम्भावना छ। पारिवारिक जिम्मेवारीमा समय खर्चिनुपर्ने देखिन्छ।

भाग्यशाली रङ घ्यू र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। गणेशजीको स्मरण गर्नु शुभ रहनेछ भने अखाद्य वस्तुको सेवन नगर्न सुझाव छ।

सिंह: प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। वाणीमा प्रभावकारिता बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ भने मनपर्ने व्यक्तिसँग भेटघाट हुन सक्छ। सामाजिक तथा राजनीतिक सोचमा वृद्धि हुने सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। अग्रजसँग सुझाव लिनु लाभदायक हुनेछ भने दक्षिण दिशा यात्रा नगर्न सुझाव छ।

कन्या: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक तथा जग्गाजमिन सम्बन्धी कारोबारबाट लाभ मिल्ने सम्भावना छ। शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ घ्यू र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। भैरवजीको स्मरण गर्नु शुभ हुनेछ भने झुट नबोल्न सुझाव छ।

तुला: धैर्य र लगनशीलताले सफलता दिलाउनेछ। बुद्धिको प्रयोगले जटिल काम पनि सम्पन्न हुन सक्छ। प्रेम सम्बन्ध मजबुत बन्नेछ भने नयाँ स्थान भ्रमणको योजना बन्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। दुर्गाजीको स्मरण गर्नु शुभ हुनेछ भने उत्तर दिशा यात्रा नगर्न सुझाव छ।

वृश्चिक: सामान हराउने वा चोरी हुने सम्भावना देखिएकाले सतर्क रहनु आवश्यक छ। आकस्मिक खर्च बढ्न सक्छ। दिनको उत्तरार्धमा प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। शिवजीको स्मरण गर्नु शुभ हुनेछ भने खैरो रङ प्रयोग नगर्न सुझाव छ।

धनु: आज महत्वपूर्ण निर्णय लिने अवसर प्राप्त हुनेछ। बोलीको चातुर्यले काम सफल हुन सक्छ। दानपुण्यमा सहभागी हुने अवसर मिल्नेछ भने सेयर बजारबाट लाभ मिल्ने सम्भावना छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। नवग्रहको स्मरण गर्नु शुभ हुनेछ भने तामसिक भोजन नगर्न सुझाव छ।

मकर: महत्त्वपूर्ण कामको थालनी हुनेछ। टाढाका आफन्तसँग भेटघाट हुने सम्भावना छ। नयाँ अवसर प्राप्त हुनेछ भने प्रेम सम्बन्ध अझ प्रगाढ बन्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्ने देखिन्छ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। लक्ष्मीजीको स्मरण गर्नु शुभ हुनेछ भने लामो यात्रा नगर्न सुझाव छ।

कुम्भ: शुभकार्यको चर्चा चल्नेछ। भाग्यले नयाँ अवसर प्रदान गर्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। गोप्य रूपमा गरिएको काम सफल हुन सक्छ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update