Odapalika - The Fourth Estate - चौथो अंग
राशिफल २७ माघ : मेषलाई मित्रबाट हैरानी, सिंह सानातिना समस्यामा अल्झिने, तपाईँको के?

आज मङ्‌गलबार, २७ माघ २०८२ (१० फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मित्रले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष: घरायसी कार्य अगाडि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा सफलता मिल्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। कतै भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: कार्य पूरा गर्न सहयोग मिल्नेछ। दैनिक काम सहजै अघि बढ्नेछन्। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङ प्रयोग नगर्ने।

कर्कट: लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङ प्रयोग नगर्ने।

सिंह: सानातिना समस्यामा अल्झनुपर्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मनमा दुबिधा उत्पन्न होला। यात्रा कष्टकर हुन सक्छ सचेत रहनु पर्छ, तर साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ प्रयोग नगर्ने।

कन्या: लक्ष्मी प्रसन्न हुने योग छ। इच्छा, आकाङ्क्षा पूर्ण हुन सक्छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: प्राविधिक काममा सफलता प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुन सक्छन्। यात्रामा सावधानी अपनाउनु पर्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ, साँझमा भने धनलाभ हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मकर: रमाइलो यात्राको योग रहेको छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: रमणीय र सुखद यात्राको योग छ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नयाँ कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन: विश्वासपात्रले काममा साथ दिनेछन्। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। स्वास्थ्यमा सुधार पनि आउला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update