Odapalika - The Fourth Estate - चौथो अंग
झापा गाउँपालिकाको टाघनडुब्बा अस्पतालमा स्वास्थ्य बीमा, पालिकाले भन्यो– सहभागी हुनू, सेवा लिनू

काठमाडौँ । झापा जिल्लाको झापा गाउँपालिकामा रहेको आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालनमा आएको छ ।

सो गाउँपालिकामा रहेको आधारभूत अस्पताल टाघनडुब्बामा माघ २७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उदेश्यले आधारभूत अस्पताल टाघनडुब्बामा सुरु गरिएको उनले बताइन् ।

गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी सोको जानकारी गराएको छ । 

‘स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भइ सम्पूर्ण नागरिकहरुले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएकाले सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ सुचनमा भनिएको छ ।

jhapa-gapa-health-insurance-1770880886.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update