आज शुक्रबार, १ फागुन २०८२ (१३ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: कार्य सम्पादनमा सहजता मिल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष: सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। स्वास्थ्यप्रति सचेत रहनु पर्छ। तीर्थाटनको योग छ। साँझमा प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मिथुन: परिवारमा मेलमिलाप हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि दिन सन्तोषजनक रहनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कर्कट: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। आँटे-ताकेको पूरा होला।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
सिंह: अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। परिवारजनसँग भेटघाट हुनेछ। मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। ठूलो कारोबारमा लगानी नगर्नु होला।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कन्या: स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ। व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। प्रेमीको सहयोगले साँझमा धन हात पर्न सक्छ।
भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
तुला: पारिवारिक भेटघाटमा रमाइन्छ। रमणीय र सुखद यात्राको योग छ। ज्ञानमा वृद्धि हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
वृश्चिक: रोकिएको काम दोहोर्याएर गर्दा सम्पन्न हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
धनु: मनमा उमङ्ग र उत्साह छाउनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। नियमित खर्च बढ्ने योग छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
कुम्भ: उच्च व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। व्यापार व्यवसायबाट फाइदा हुनेछ।
भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मीन: बन्धुबान्धवबाट सहयोग मिल्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।
भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।







