काठमाडौँ । खोटाङ जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका स्कुलहरुमा फागुन ११ गतेदेखि ५ दिनसम्म आँखा तथा कानु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
नेपाल नेत्र ज्योती संघ, विराटनगर आँखा अस्पताल र लाहान आँखा तथा कान उपचार प्रणालीको सहकार्यबाट सो शिविर संचालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन ढकालले जानकारी दिए ।
शिविर विहान १० बजेदेखि सुरु भएर बेलुकी ४ बजेसम्म संचालन हुनेछ ।
गाउँपालिकाका अनुसार फागुन ११ गते सारदा मावि खोडटाङमा आयोजना हुनेछ भने फागुन १२ गते लुङ्गेन र चखेवामा, फागुन १३ गते ज्ञानोदय मावि हुगेमा, फागुन १४ गते चण्डेश्वरी मावि नागीमा र फागुन १५ गते नागीको स्वास्थ्य चौकीमा शिविर संचालन हुनेछ ।








