टेम्केमैयुङ गाउँपालिकाका विद्यार्थीलाई प्राविधिक शिक्षामा निःशुल्क छात्रवृत्ति

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले उच्च शिक्षामा अध्ययनरत आफ्ना क्षेत्रका विद्यार्थीहरूका लागि निःशुल्क प्राविधिक छात्रवृत्तिको अवसर ल्याएको छ।

गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै प्राविधिक शिक्षा पढ्न इच्छुक र योग्य छात्र/छात्राहरूबाट आवेदन माग गरेको हो।

गाउँपालिकाका अनुसार यो छात्रवृत्ति भोजपुर नगरपालिका वडा नं. ६ मा रहेको see को आंगिक सरकारी शिक्षालय, सुम्निमा बहुप्राविधिक शिक्षालयमा अध्ययनका लागि उपलब्ध गराइनेछ।

यो छात्रवृत्ति कार्यक्रमका लागि निश्चित मापदण्ड तोकिएको छ । आवेदक टेम्केमैयुङ गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिक हुनुपर्नेछ र विद्यार्थीले टेम्केमैयुङ गाउँपालिकाकै विद्यालयहरूबाट क्भ्भ् परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

गाउँपालिकाले तोकेको अनुसार ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ र पशु विज्ञान विषयका लागि छात्रवृत्ति प्रदान गरिनेछ । जसमा पाँच जनाको कोटा  रहेको छ । 

आवेदन दिन इच्छुक विद्यार्थीहरूले आवश्यक कागजात सहित गाउँपालिकाको शिक्षा शाखामा यथाशीघ्र निवेदन पेस गर्नुपर्नेछ। आवेदनका साथमा रीतपूर्वकको निवेदन, पासपोर्ट साइजको फोटो १ प्रति, see उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाणपत्र र जन्मदर्ता वा नेपाली नागरिकताको प्रमाणपत्र रहेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालद्वारा जारी सूचनामा प्राविधिक क्षेत्रमा आफ्नो करियर बनाउन चाहने पालिका भित्रका जेहेन्दार विद्यार्थीहरूलाई यस सुवर्ण अवसरको लाभ उठाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update