टेम्केमैयुङ गाउँपालिकामा एक घर, एक करेसाबारी कार्यक्रम, किसानलाई दिइयो ३८ लाखको सामग्री

 

काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ३८ लाख रुपैयाँ बराबरको पाइप तथा टनेल वितरण गरेको छ ।

गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अन्तर्गत किसानलाई पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न पाइप तथा प्लास्टिक टनेल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषिलाई परम्परागत तरिकाबाट व्यावसायिकतर्फ लैजाने चाहना अनुरुप गाउँपालिकाले काम गरिरहेको बताए । गाउँपालिकाले संचालन गरेको ‘एक घर एक करेसाबारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिकाको भनाई छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update