टेम्केमैयुङ गाउँपालिकाले गरिब घरपरिवार गणना गर्दै, अघि बढ्यो गणक छनोट प्रक्रिया

 

काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले गरिब घरपरिवारको गणना गर्ने भएको छ । संघ सरकारबाट प्राप्त सशर्त अनुदान कार्यक्रमबाट गरिब घर परिवार गणना गरिने भएको हो ।

गरिब परिवार परिचय पत्र वितरण कार्यविधि २०७९ को अधिनमा रहेर गाउँपालिका भित्रका गरिब घर परिवारको गणना गर्न लागिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । यसका लागि गणक नियुक्तिको प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

गाउँपालिकाले प्रत्येक वडाबाट १ जनाको दरले ९ जना गणक नियुक्त गर्न लागेको छ । चैत ९ गतेभित्रमा गणकको आवेदन लिने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर गणक भर्ना गरी गणना अघि बढाइने छ ।

गणक हुनको लागि कम्तिमा १२ कक्षा उतिर्ण गरेको र उमेर १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । 

 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update