आजदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने

काठमाडौँ । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रतिगोटा आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ।

निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि आज (शुक्रबार) देखि लागु हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

निगमले निगमले नियमित रूपमा मागअनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि दुई/तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबिच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update