नेपाल आयाल निगमका कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी गाडी डिभाइडरमा ठोकियो

 

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले चलाएको कार डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको ।

कार्यकारी निर्देशक भट्ट आफैले चलाएको बी एए ७६५४ नम्बरको टोयोटा कार शनिबार दिउँसो २ बजे कलंकी चोकको डिभाइडरमा ठोक्किएको थियो । कारमा सामान्य क्षति भएको बताइएको छ ।

सो गाडी सरकारी भएको बताइएको छ । शनिवार सार्वजनिक विदाको दिन कार्यकारी निर्देशक भट्ट आफैले चलाएको समयमा गाडी दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update