निगमले भन्यो– ग्यास बिक्री गर्दा घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्नू

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका विक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास  बिक्री गर्न निर्देशन दिएको छ । 

निगमले देशभरका ग्यास उद्योगीहरूलाई आ–आफ्नो उद्योगबाट विक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन आग्रह गरेको छ । 

सम्बन्धित उद्योगका विक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणसहितको रेकर्ड राखेर सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन भनिएको हो ।

निगमले अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगहरूले सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री सुरु गरेको छ । 

हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहे पनि निगमले नियमित रुपमा आपूर्ति गरी बिक्री गरिरहेको बताएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update