डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना, २ जनाको मृत्यु

डोटी - डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करीव २२ सुबोध रोकाया र १९ बर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउदै गरेको सु प प्र ०१ ००१ च ३९२३ नं. को बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेके जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ । दुर्घटना राती करीव १२.३० वजे भएको हो । 

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जीप सडकबाट करीव ९ सय मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । जीप मृतक सुबोध रोकायाले चलाएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update