काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । सो धारामा प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने भन्ने व्यवस्था छ । हिजो (चैत १२ गते) बसेको रास्वपा संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको थियो ।
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्रीमा नियुक्त बालेनले रक्षा र उद्योग मन्त्रालय पनि आफैसँग राखेका छन् । उद्योगमन्त्री डा. अमरेश कुमार सिंहलाई बनाउने भनिए पनि अन्तिम समयमा आएर सिंह मन्त्री बनेनन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा डा. स्वर्णिय वाग्ले छन् । उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । सोविता गौतमलाई कानुन मन्त्रालय र शिशिर खनाललाई परराष्ट्रमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, सुधन गुरुङलाई गृह मन्त्रालयको, विराजभक्त श्रेष्ठलाई ऊर्जा, प्रतिभा रावलाई सामान्य प्रशासन, विक्रम तिमिल्सिनालाई सञ्चार, दीपक साह (महोत्तरी) लाई श्रम मन्त्रीको जिम्मेवारी दिइएको छ ।
सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
बालेन मन्त्रिपरिषद
१. बालेन शाह, प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सोबिता गौतम, कानुन मन्त्री
४. शिशिर खनाल, परराष्ट्र मन्त्री
५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री
६. सुधन गुरूङ, गृहमन्त्री
८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
९. गीता चौधरी, कृषि मन्त्री
१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री
११. दीपक साह, श्रम मन्त्री
१२. सस्मित पोखरेल, शिक्षा मन्त्री
१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री
१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री
१५. निशा मेहता, स्वास्थ्य मन्त्री






