सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

सिन्धुली- सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। 

गएराति कमलामाई नगरपालिका ४ ढुग्रेबासस्थित नारीया होटल अगाडी बीपी राजमार्गमा बा.४ ख ९५७७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन्। 

घाइते हुनेमा सिन्धुलीकै सुनकोशी गाउँपालिका ७ चालिसे बस्ने ४० वर्षीय जित बहादुर स्याङ्बा छन्। 

उनले चलाएको ज.३ प ७४९० नम्बरको मोटरसाइकललाई  चियाबारीबाट ढुग्रेबासको ग्यारेजतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको हो। 

घाइते स्याङ्बाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्रक चालक रामेछापको खाडादेवी गाउँपालिका ४ बस्ने वर्ष ५० को तेज बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरी चौकी ढुंग्रेबासका प्रहरी सहायक निरीक्षक हदिन्द्र ठाकुरले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update