परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् । नवौँ इन्डियन ओसियन कन्फ्रेन्स मौरिससमा यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुँदै छ । यही कन्फ्रेन्समा भाग लिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन् ।

"नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको छ । उक्त कन्फ्रेन्समा माननीय परराष्ट्रमन्त्रीज्यूको सहभागिताका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । 

भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update