कावासोती नगरपालिकाले दियो १० कृषि फर्मलाई कृषियन्त्र, कसले के पाए ?
सोमबार, असार १, २०८३
प्रमुख प्रशासकीय अधिकृतहरुलाई आचारसंहिताः विदेशीलाई पत्राचार नगर्नू, सामाजिक संजाल नचलाउनू
सोमबार, असार १, २०८३
संघ सरकारको प्रतिनिधिका रुपमा स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि आचारसंहिता जारी गरिएको हो ।
आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
सोमबार, असार १, २०८३
प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।
भारतले बाँध अग्लो बनाएपछि गौर डुबानको जोखिममा
सोमबार, असार १, २०८३
रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ । सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो...
संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा बजेटमाथि छलफल
सोमबार, असार १, २०८३
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ ।
अग्रता जोगाउन नसक्दा जापानसँग बराबरीमा रोकियो नेदरल्याड्स
सोमबार, असार १, २०८३
विश्वकप फुटबल–२०२६ अन्तर्गत जापानले नेदरल्याण्ड्ससँग २–२ गोलको बराबरी खेलेको छ । डलास स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले दुई पटक अग्रता लिएर पनि जापानविरुद्ध जित निकाल्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा चार गोल भएको हो ।
अमेरिका–इरानबीच युद्ध अन्त्यको सहमति, १९ जुनमा सम्झौता
सोमबार, असार १, २०८३
अमेरिका र इरानबीच करिब साढे तीन महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्ने सहमति भएको छ । दुवै देशले युद्धविराम सम्झौतामा सहमति जुटेको पुष्टि गरेका छन् । योसँगै अब अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि हमला गरेपछि सुरु भएको युद्ध औपचारिक रुपमा समाप्त हुने भएको हो ।
विश्वकपमा जर्मनीको शानदार विजयी सुरूवात
सोमबार, असार १, २०८३
फिफा विश्वकप–२०२६ मा जर्मनीले शानदार विजयी सुरूवात गरेको छ । गएराति भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
मङ्गला गाउँपालिकाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
सोमबार, असार १, २०८३
म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
कुन–कुन स्थानमा छ आज वर्षाको सम्भावना ?
सोमबार, असार १, २०८३
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा...


