काठमाडौँ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाले १० कृषि फर्मलाई पशुपन्छी तथा मत्स्य यन्त्र तथा उपकरण प्रदान गर्नको लागि लाभग्राही छनोट गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रम अनुसार १० कृषि फर्म छनोट भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले जानकारी दिए ।
सो कार्यक्रम संचालनका लागि नगरपालिकाले गत मंसिर १५ गते प्रथम पटक सुचना प्रकाशित गरी पशुपन्छी तथा मत्स्य यान्त्रीकरण सहयोग कार्यक्रम शिर्षकमा प्रस्ताव माग गरेको थियो । सो माग अनुसार प्राप्त प्रस्तावहरुलाई अनुगमन तथा मूल्यांकन समितिले स्थलगत अवलोकन तथा मुल्यांकन गरी गत जेठ ४ गते बैठक बसी लाभग्राही छनोट गरिएको थियो ।
नगरपालिकाले छनोट भएका लाभग्राहीलाई लागत सहभागिता सुनिश्चित गरी सम्झौता गर्न आउन पनि भनेको छ ।
छनोट हुने कृषि फर्महरु






