अग्रता जोगाउन नसक्दा जापानसँग बराबरीमा रोकियो नेदरल्याड्स

काठमाडौं । विश्वकप फुटबल–२०२६ अन्तर्गत जापानले नेदरल्याण्ड्ससँग २–२ गोलको बराबरी खेलेको छ । 

डलास स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले दुई पटक अग्रता लिएर पनि जापानविरुद्ध जित निकाल्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा चार गोल भएको हो । 

खेलको ५०औं मिनेटमा भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेट पछि नै जापानका लागि केइतो नाकामुराले बराबरी गोल फर्काए । 

त्यसको सात मिनेटमा नेदरल्यान्ड्सले फेरि अग्रता बनायो । खेलको ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेका हुन् । 

तर खेलको ८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए । योसँगै नेदरल्याण्ड्स पहिलो खेलमा जापानविरुद्ध ३ अंक जोड्न असफल भयो भने जापानले महत्वपूर्ण १ अंक खोस्यो । 

यो समूहमा जापानसँगै नेदरल्याण्ड्स, स्वीडेन र ट्युनिसिया रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update