इराकविरुद्ध एकतर्फी जित निकाल्दै फ्रान्स नकाउट चरणमा
मंगलबार, असार ९, २०८३
मेस्सीको दुई गोलसँगै अर्जेन्टिना नकआउट चरणमा
मंगलबार, असार ९, २०८३
कप्तान लियोनल मेस्सीले दुई गोल गरेसँगै अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।
विश्वकप फुटबल : हाइटीलाई हराउँदै ब्राजिल शीर्ष स्थानमा
शनिबार, असार ६, २०८३
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकियो
बिहीबार, असार ४, २०८३
फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा युरोपेली देश पोर्चुगल अफ्रिकी राष्ट्र डिआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के अन्तर्गतको खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
ह्यारी केनको २ गोलमा इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
बिहीबार, असार ४, २०८३
अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फूटबल अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्ड ४–२ गोल अन्तरले विजयी भएको हो।
साउदी अरेबिया र उरुग्वे बराबरीमा रोकिए
मंगलबार, असार २, २०८३
फिफा विश्वकप–२०२६ अन्र्तगत नेपाली समयअनुसार मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र साउदी अरेबियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
अग्रता जोगाउन नसक्दा जापानसँग बराबरीमा रोकियो नेदरल्याड्स
सोमबार, असार १, २०८३
विश्वकप फुटबल–२०२६ अन्तर्गत जापानले नेदरल्याण्ड्ससँग २–२ गोलको बराबरी खेलेको छ । डलास स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले दुई पटक अग्रता लिएर पनि जापानविरुद्ध जित निकाल्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा चार गोल भएको हो ।
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए
आइतबार, जेठ ३१, २०८३
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्राजिल र मोरक्कोबीचले बराबरी खेलेका छन् । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
विश्वकप फुटबल : सहआयोजक अमेरिकाको प्रभावशाली जित
शनिबार, जेठ ३०, २०८३
फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले प्रभावशाली जितसहित विजयी सुरुवात गरेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा भइरहेको विश्वकप फुटबलको समूह डी अन्तर्गत शनिबार बिहान भएको खेलमा अमेरिकाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेलाई ४–१ को फराकिलो अन्तरले हराएको हो ।
विश्वकपको तेस्रो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबर
शनिबार, जेठ ३०, २०८३
फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह चरणको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाडेका छन् ।


