काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको २३औं मिनेटमा माथेउस कुन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले ३६औं मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए ।
त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । यो जितसँगै समूहमा २ खेलबाट ४ अंक जोडेको ब्राजिल समूह सीको शीर्ष स्थानमा उक्लिएको छ ।
समूह सीकै अर्को खेलमा स्कटल्याण्डलाई हराएको मोरोक्को समान अंकसहित दोस्रो स्थानमा छ ।





