काठमाडौं। लगातार दोस्रो जितसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार बिहान भएको खेलमा फ्रान्सले इराकलाई ३–० गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने एक गोल उस्मान डेम्बेलेले गरेका थिए ।
पहिलो हाफको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर भारी वर्षा र चट्याङ परेपछि खेल करिब दुई घण्टा रोकिएको थियो ।
वर्षाले स्थगित भएको खेल पुनः सुचारु भएलगत्तै खेलको ५४औं मिनेटमा एम्बाप्पेले अग्रता दोब्बर पारे भने ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्स ३–० ले विजयी भयो ।
योसँगै फ्रान्सको ६ अंक भएको छ भने पहिलो खेलमा नर्वेसँग पराजित भएको इराक अंकविहीन छ ।





