काठमाडौं। कप्तान लियोनल मेस्सीले दुई गोल गरेसँगै अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।
अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । योसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएका छन् । उनले विश्वकपमा हालसम्म १८ गोल गरेका छन्।
मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
पहिलो खेलमा अल्जेरियाविरुद्ध अर्जेनिन्टनाको जितमा मेस्सीले ह्याट्रिक गरेका थिए । गएराति पनि उनी पेनाल्टीमा चुके । यदि पेनाल्टी गोल भएर पछिल्ला गोल भएको भए उनी विश्वकपमा लगातार ह्याट्रिक गर्ने खेलाडी बन्ने थिए ।
समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ । यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अंकबिहीन छन् । उनीहरुले समान एक/एक खेल खेलेका छन् ।





