ह्यारी केनको २ गोलमा इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौं। अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फूटबल अन्तर्गत समूह एलको खेलमा  इंग्ल्याण्डले क्रोएसियालाई  पराजित गरेको छ । 

अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्ड ४–२ गोल अन्तरले विजयी भएको हो। 

खेलको १२औं मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । 

तर, ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

खेलको ४२औं मिनेटमा  इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए । 

त्यसको केही मिनेटमा पहिलो हाफको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कापनि पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो।

खेलको ४७औं मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेलको ८५औं मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्याण्ड ४–२ ले विजयी भएको हो।
 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update