साउदी अरेबिया र उरुग्वे बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्र्तगत नेपाली समयअनुसार मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र साउदी अरेबियाले बराबरी खेल्दै अंक बाँडेका छन् । 

अमेरिकाको फ्लोरिडास्थित मियामी रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । 

साउदीले खेलको ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीको गोलमार्फत अग्रता लिएको थियो । तर, खेलको ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अरौजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकियो । खेलमा साउदी अरबले तीन पटक र उरुग्वेले ११ पटक  सर्ट अन टार्गेट प्रहार गरेका थिए । 

यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले एक एक खेलबाट १–१ अंक जोडेका छन् । यसअघि स्पेन र केप भर्डेले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । 

मंगलबार बिहान नै सम्पन्न भएको बेल्जियम र इजिप्टबीचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update