विश्वकप फुटबल : सहआयोजक अमेरिकाको प्रभावशाली जित

काठमाडाैं। फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले प्रभावशाली जितसहित विजयी सुरुवात गरेको छ । 

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा भइरहेको विश्वकप फुटबलको समूह डी अन्तर्गत शनिबार बिहान भएको खेलमा अमेरिकाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेलाई ४–१ को फराकिलो अन्तरले हराएको हो । 

पहिलो हाफमा नै पाराग्वेविरुद्ध ३ गोल गरेको अमेरिकाले दोस्रो हाफमा एक गोल थप्यो । खेलको अन्तिम मिनेटमा अमेरिकाले एक गाेल थपेको थियो । 

अमेरिकाको जितमा फ्लोरियन बालोगुनले २ गोल गरे भने दोस्रो हाफको अतिरिक्त समयमा जियोभान्नी रेनाले एक गोल गरे । पाराग्वेका डामियन बाबोडिल्लाले एक आत्मघाती गोल गरेका थिए । 

पाराग्वेका माउरिसियोले ७३औं मिनेटमा एक गोल फर्काएका थिए । यो जितसँगै समूहमा अमेरिकाले ३ अंक जोडेको छ भने पाराग्वेलाई अघिल्लो चरण पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब बढेको छ । 

यो समूहमा एसियाली टोली अस्ट्रेलिया र युरोपको अर्को टोली टर्की रहेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update