सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
आइतबार, साउन २४, २०८३
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंहको शव भेटियो
आइतबार, साउन २४, २०८३
तीन दिनदेखि बेपत्ता रहेका पूर्वमेयर सिंहको शव आइतबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ६० सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्याक
आइतबार, साउन २४, २०८३
सो उपमहानगरपालिकामा ६० वटा सामुदायिक विद्यालय रहेका र तीमध्ये अधिकांश सामुदायिक विद्यालयहरुमा निमित्त प्रधानाध्यापक रहेको नगरपालिकाले जानकारी दिएको छ ।
माङसेबुङ गाउँपालिकाका किसानलाई खुसी दिदै अदुवा, मूल्य प्रतिमन ७ हजार ५ सय रुपैयाँसम्म
आइतबार, साउन २४, २०८३
जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ ।
हतुवागढी गाउँपालिकाद्वारा अनुदानमा भैँसी वितरण, किसान उत्साहित
आइतबार, साउन २४, २०८३
भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो ६ हजार
आइतबार, साउन २४, २०८३
नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो ६ हजार रूपैयाँ निर्धारण गरिएको छ । पञ्चकन्या–४ घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए।
झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
आइतबार, साउन २४, २०८३
झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब दुई करोड बराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आइतबार, साउन २४, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको...
आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
आइतबार, साउन २४, २०८३
सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।
वर्षा र पहिरोका कारण कहाँ छ सडक अवरोध ?
आइतबार, साउन २४, २०८३
वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ : ४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, साउन २४, २०८३
बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
नाप नक्सा पूरा भएको ३८ वर्षपछि परशुराम नगरपालिकाका १२ परिवारले पाए लालपुर्जा
शनिबार, साउन २३, २०८३
सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।


