काठमाडौंँ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।
तीन दिनदेखि बेपत्ता रहेका पूर्वमेयर सिंहको शव आइतबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
केही समयअघि शव फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता भएका थिए। बेपत्ता हुनुअघि उनले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदारलाई सम्पर्क गरेका थिए।
व्यवसायिक साझोदारलाई सम्पर्क गरेको क्षेत्रबाटै उनको शव फेला परेको प्रहरीको भनाइ छ । सिंह २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।



