कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले ऐतिहासिक एवं सांस्कृतिक पर्व मोहर्रमको पावन अवसरमा भोलि नगर क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो।
सो दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू ९शैक्षिक संस्थाहरू० र स्वास्थ्य संस्थाहरूमा ९अत्यावश्यक सेवा बाहेक० १ ९एक० दिनका लागि स्थानीय बिदा दिइएको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।
धार्मिक सद्भाव र आपसी भाइचाराको पर्व
कपिलवस्तु नगरपालिका क्षेत्रभित्र परापूर्वकालदेखि नै हिन्दू तथा मुस्लिम समुदायले आपसी मिलिजुली र धार्मिक सद्भावका साथ मोहर्रम पर्व मनाउँदै आएका छन्। यस पर्वलाई नगरकै एउटा साझा सांस्कृतिक पहिचानको रूपमा लिइने गरिएको छ।
नगर प्रमुख पौडेलले सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै भन्नुभएको छस्
ूयो पर्वले हाम्रो समाजमा परापूर्वकालदेखि कायम रहेको हिन्दू(मुस्लिम बीचको आपसी भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकतालाई अझ बढी मजबुत बनाउनेछ भन्ने विश्वास लिएका छौँ।ू





