वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।  नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।
मनसुनी प्रभावले केही स्थानमा वर्षाको सम्भावना
मनसुनी प्रभावले केही स्थानमा वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुसः अर्थमन्त्री डा. वाग्ले
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुसः अर्थमन्त्री डा. वाग्ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् ।
लिखु तामाकोशी गाउँपालिकामा साउन १५ सम्म वैकल्पिक माध्यमबाट मात्र राजस्व संकलन हुने
लिखु तामाकोशी गाउँपालिकामा साउन १५ सम्म वैकल्पिक माध्यमबाट मात्र राजस्व संकलन हुने रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अनलाइन राजस्व संकलन प्रणालीमा समस्या आएपछि साउन १५ गतेसम्मका लागि वैकल्पिक माध्यमबाट मात्र राजस्व संकलन गरिने भएको छ।
अर्जुनधारा नगरपालिकाका १८ परिवारले पाए लालपुर्जा
अर्जुनधारा नगरपालिकाका १८ परिवारले पाए लालपुर्जा जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
शिक्षा र स्वास्थ्यको समता शुल्कः पूर्ण रुपमा हटाउने कि शुन्य प्रतिशत लिने ?
शिक्षा र स्वास्थ्यको समता शुल्कः पूर्ण रुपमा हटाउने कि शुन्य प्रतिशत लिने ? सुचना प्रकाशित गर्दा सरकारले शिक्षा र स्वास्थ्यमा शुन्य प्रतिशत समता शुल्क लाग्ने भन्ने व्यवस्था गरेमा शिक्षा र स्वास्थ्यमा कर पनि लाग्ने छैन भने यो व्यवसायमा संलग्न व्यवसायीले आफ्नो व्यवसायको विवरण भने कर कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
देशभरका स्थानीय तहमा भूमि बैंक, उपयोगमा नरहेका र बाँझो निजी जग्गाबाट फाइदा लिन सकिने
देशभरका स्थानीय तहमा भूमि बैंक, उपयोगमा नरहेका र बाँझो निजी जग्गाबाट फाइदा लिन सकिने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।
सस्तो व्याजदरमा ऋण पाइने सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
सस्तो व्याजदरमा ऋण पाइने सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ ।
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, यस्तो छ स्थानीय सरकारको प्रतिक्रिया
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, यस्तो छ स्थानीय सरकारको प्रतिक्रिया मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ ।
उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो ।
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
Weather Update