बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान
काठमाडौं - संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरिएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आव्हान गरेका हुन् ।
१७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । हाल बोलाइएको संसद्को बजेट अधिवेशन हो । यस अधिवेशनमा आगामी आर्थिक वर्ष अर्थात् ०८३/०८४ को बजेट पारित हुनेछ । यस्तै त्यसअघी सरकारको नीति कार्यक्रम पनि पारित गर्नुपर्ने हुन्छ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ २१:०७
प्रतिक्रिया दिनुहोस्






