काठमाडौं । स्वास्थ्य तथा जनसंख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय तान्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या खानेपानीमन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारीसाधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।
सवारीसाधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् ।
फिर्ता ल्याइएका सवारीसाधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुनबमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।
कानुनअनुसार, सहसचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारीसाधन प्रयोग गर्ने व्यवस्था रहेको छ ।






