रास्वपाले बोलायो सचिवालय बैठक, ६ एजेन्डामा हुनेछ छलफल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार आइतबार (वैशाख २७) साँझ ६ बजे बस्ने गरी बैठक बोलाइएको हो । रास्वपाले सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनेको छ ।

प्रवक्ता झाले दिएको जानकारीअनुसार बैठकका लागि ६ वटा कार्यसूचीहरू तय गरिएका छन् । सचिवायल बैठकमा भेला, अधिवेशन विशेष तालिकाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आयोग, विभाग पदाधिकारी मनोनयनबारे छलफल हुनेछ । त्यस्तै, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक र विविध विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update