सभामुख अर्यालको सिफारिसमा प्रतिनिधिसभाका  सचिव राईलाई पदबाट हटाइयो

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको जानकारी दिएका हुन् ।

राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update