काठमाडौँ । सरकारले जेठ १४ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज सार्वजनिक सुचना प्रकाशित गरी जेठ १४ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद परेकोले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
जेठ १४ गते बकर ईदको विदा दिदा त्यसदेखि लगातार ४ दिन सार्वजनिक विदा परेको छ ।
जेठ १५ गते गणतन्त्र दिवस पर्छ । सरकारले गणतन्त्र दिवसमा पनि सार्वजनिक विदा दिने गरेको छ ।
यस्तै, जेठ १६ गते शनिवार हो । शनिवार पनि सार्वजनिक विदा हुन्छ । र, जेठ १७ गते आइतबार हो । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने गरेको छ । यही कारण जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार ४ दिन सार्वजनिक विदा परेको छ ।
सार्वजनिक विदाको दिन सरकारी, निजी, इमरजेन्सी सेवा वाहेकमा स्वास्थ्य संस्था, बैंक, बीमा, सहकारी, गैरसरकारी संस्था, शिक्षण संस्थालगायतका कार्यालयहरु बन्द हुने गरेका छन् ।






