निजामती कर्मचारीका ७९३ जना सन्ततीको छात्राबृत्तिका लागि आवेदन, कसको योग्यताक्रम कति ?

 

काठमाडौँ । निजामती कर्मचारी सेवामा कार्यरत कर्मचारीहरुका ७९३ जना सन्ततीले छात्राबृत्तिको लागि आवेदन दिएका छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार निजामती कर्मचारीका सन्ततीलाई शैक्षिक वृत्ति उपलब्ध गराउने सम्बन्धी कार्यविधि अनुसार सो संख्याका आवेदकले प्रक्रिया पूरा गरेका हुन् । अब मन्त्रालयले सार्वजनिक गरेको योग्यताक्रम अनुसार उनीहरुले छात्राबृत्ति पाउने छन् ।

मन्त्रालयका अनुसार योग्यता सुचीको पहिलो ४ नम्बरमा पुरुष आवेदक छन् । पहिलो नम्बरमा आदर्श बेल्बासे, दोस्रोमा टेकनाथ चपाईं, तेस्रोमा अंकित बस्नेत र चौथोमा उदित सुवेदी छन् । 

आवेदकको योग्यता सुचीको पाँचौ नम्बरमा एलिना लामा, छैटौंमा सन्ध्या श्रेष्ठ, सातौंमा गंगा भण्डारी, आठौँमा सुश्रीता पोखरेल, नवौंमा हमिला अली र दशौं नम्बरमा आयुस सुवेदी रहेका छन् ।

आवेदकहरुले स्नातक तह अध्ययनको लागि सरकारबाट छात्राबृत्ति पाउने छन् । 

यस्तो छ योग्यताक्रम

 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update